मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २९ सोमबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २९ सोमबार १२:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उच्च र जिल्ला अदालतहरूमा दोस्रो दिन पनि धर्ना जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २९ सोमबार १२:o८:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत र जिल्ला अदालतहरूमा आज सोमबार पनि कानुन व्यवसायीहरूले धर्ना दिएका छन्। प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने नेपाल बार एसोसिएसनको निर्णयमा समर्थन जनाउँदै उच्च र जिल्ला अदालतहरूका कानुन व्यवसायीहरूले आज दोस्रो दिन पनि धर्ना दिएका हुन्। उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङमा कानुन व्यवसायीहरूले एक घन्टा धर्ना दिएका छन्। 

यसैगरी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा पनि कानुन व्यवसायीले बिहान ११ देखि १२ बजेसम्म धर्ना दिएका छन्। उच्च अदालत अस्थायी इजलास वीरगन्ज बार एसोसिएसनका अध्यक्ष प्रमोद प्रसादको अगुवाइमा मूलगेटमा कानुन व्यवसायीहरूले धर्ना दिएका हुन्।