१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तोडफोडपछि रेडक्रस सोसाइटीको विधान अधिवेशन स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:५६:oo

असन्तुष्ट पक्षको अवरोधपछि नेपाल रेडक्रस सोसाइटीको विधान अधिवेशन स्थगित भएको छ। थापाथलीस्थित कार्की ब्यांक्वेटमा आइतबार सोसाइटीको अधिवेशन सुरु गरिएको थियो। 

अधिवेशनस्थलमा असन्तुष्ट पक्षले तोडफोड गरेपछि अधिवेशन स्थगित भएको हो। सोसाइटीका उपकोषाध्यक्ष होम पाठकका अनुसार केन्द्रीय सदस्य मोहन पोखरेल, सुवोध सिंह, उमेश थापा, श्याम लुइँटेल नेतृत्वको असन्तुष्ट पक्षले अधिवेशनको ब्यानर तथा कुर्सी तोडफोड गरेका हुन् । हलमा हातपातकै स्थिति हुन थालेपछि अधिवेशन स्थगित गरिएको पाठकले बताए।

उनले भने, ‘सोसाइटीको अधिवेशन सुरु भएको थियो । कार्यक्रमस्थलमा केही असन्तुष्ट पक्ष  प्रवेश गरे । तोडफोड गरे । ब्यानर च्याते । कुर्सी भाँचे । रोक्न खोज्दा हात हालाहातको  अवस्था आयो। प्रहरीले पनि उनीहरूलाई रोक्न खोजेन। हामीले अधिवेशन स्थगित गर्यौं ।’

अधिवेशनमा सोसाइटीको विधान संघीय प्रणालीअनुसार पहिलोपटकको संशाेधन हुँदै थियो। समावेशी सिद्धान्त आत्मसाथ नभएको  हुँदा सोसाइटीको हालको विधान अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले अस्वीकृत गर्दै आएको छ। 

ad
ad