मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २८ आइतबार
  • Wednesday, 09 July, 2025
गणेश लम्साल विराटनगर
२o७८ कार्तिक २८ आइतबार १७:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्यमन्त्री राईले ३० कात्तिकमा विश्वासको मत लिने

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ कार्तिक २८ आइतबार १७:२७:oo

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ३० कात्तिकमा विश्वासको मत लिने भएका छन्। पाँचदलीय गठबन्धनबाट १७ कात्तिकमा प्रदेश १ को तेस्रो मुख्यमन्त्री नियुक्त भएका राईले ३० कात्तिकमा विश्वासको मत लिन आज प्रदेश सभामा प्रस्ताव दर्ता गराएका छन्।

मुख्यमन्त्रीले ३० कात्तिकमा बस्ने संसद्को बैठकबाट विश्वासको मत लिनका लागि आइतवार प्रस्ताव दर्ता गराएका प्रदेश सभा सचिवालय कार्य व्यवस्था शाखा प्रमुख तथा सूचना अधिकारी प्रमोद विश्वकर्माले जानकारी दिए। उनका अनुसार दर्ता भएको प्रस्तावअनुसार सोमबार प्रदेश सभाको कार्य व्यवस्था समितिको बैठकपछि कार्यसूची प्रकाशित हुनेछ।
 
१५ कात्तिकमा प्रदेश १ का दोस्रो मुख्यमन्त्री एमालेका भीम आचार्यले राजीनामा दिएपछि कांग्रेस, माओवादी केन्द्र, जनता समाजबादी र संघीय लिम्बुबान मञ्चसहितको पाँचदलीय गठबन्धनबाट एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई १७ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले सोही दिन एक राज्यमन्त्री र चार विभागीय मन्त्रीसहित ६ जनाको मन्त्रिपरिषद् विस्तार गरेका थिए।
 
प्रदेश १ का प्रथम मुख्यमन्त्री एमालेका शेरधन राईले पार्टीमा दशबुँदे कार्यान्वयन गराउनका लागि भन्दै १० भदौमा राजीनामा दिएपछि भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश १ मा कुल ९२ सांसदमध्ये एमालेका ४१, कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १०, जनता समाजवादी ३ तथा राप्रपा र संघीय लोकतान्त्रिकक मञ्चका एक÷एक सासंद छन्।