१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २८ आइतबार
  • Friday, 23 August, 2024
तिवारी यादव वीरगन्ज
२o७८ कार्तिक २८ आइतबार १२:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबराको राजीनामा माग्दै अस्थायी इजलास वीरगन्जमा पनि बारको धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २८ आइतबार १२:oo:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कानुन व्यवसायीले धर्ना दिएका छन्। नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीले आइतबार बिहान ११ देखि १२ बजेसम्म धर्ना दिएर बारको आन्दोलनमा समर्थन जनाएका हुन्।

उच्च अदालत अस्थायी इजलास वीरगन्ज बार एसोसिएसनका अध्यक्ष प्रमोद प्रसादको अगुवाइमा मूल गेटमा कानुन व्यवसायीहरूले धर्ना दिएका हुन्। आइतबारबाट आन्दोलनलाई देशव्यापी बनाउँदै जाने बारको निर्णयअनुसार धर्ना थालिएको अधिवक्ता चन्द्रिका पटेलले जानकारी दिए। प्रधानन्यायाधीश जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन चर्काउँदै लगेको हो।

बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ। प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको, बिचौलियासँग साँठगाँठ गरेकोलगायतका गम्भीर आरोप लागेका छन्। धर्नामा अधिवक्ताहरू सुधीर कर्ण, सराजुल अन्सारी, शैलेन्द्रकुमार वर्मालगायतका कानुन व्यवसायीहरूसँग सहभागी भएका छन्।