१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

'डडेल्धुरामा कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:५६:oo

डडेल्धुरामा नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै रहेको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराका सभापति कर्णबहादुर मल्लले शनिबार एक विज्ञप्ति जारी गर्दै जिल्लाको क्रियाशील सदस्यता विावद कायमै रहेको जानकारी दिएका हुन् । 
जिल्लाका ५२ मध्य ४३ वडामा क्रियाशील सदस्यताको नामावलीमा व्यापक फेरबदल भएको र पटक–पटक पार्टी सभापति देउवालाई विवाद समाधानका लागि आग्रह गरेपनि असन्तुष्ट पक्षको माग पूरा नभएको विज्ञप्तिमा उल्लेख छ ।
डडेल्धुरामा वडा, पालिका तथा जिल्ला कार्यसमितिबाट निर्णय भएको ४६० क्रियाशील सदस्यता खारेज गरेर स्वतः ३१२ क्रियाशील सदस्यता थपिएको थियो। जिल्ला कार्यसमितिको भदौ २२ गतेको बैठकले विवाद समाधान नगरी वडा अधिवेशन नगर्ने निर्णय गरे पनि भदौ २८ गते पार्टी सभापति शेरबहादुर देउवा पक्षले असन्तुष्ट पक्षलाई बेवास्ता गर्दे एकपक्षीय ढंगबाट वडा अधिवेशन गरेको थियो । 
अवैधानिक रूपले वडा अधिवेशन गरेको भन्दै असन्तुष्ट पक्षले असोज ७ गतेदेखि पार्टी कार्यलयमा रिले अनशन सुरु गरे पनि त्यसलाई पुनः बेवास्ता गर्दे असोज ९ गते एकलौटी रूपमा वडा अधिवेशन गरिएको विज्ञप्तिमा उल्लेख छ। 
माग पूरा नभए यही मंसिर १ देखि पार्टी कार्यलय सानेपामा धर्ना तथा अनशनका कार्यक्रमहरू अगाडि बढाउने पनि विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहाेस् विज्ञप्ति

 

 

ad
ad