मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २७ शनिबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २७ शनिबार १२:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय आवश्यक्ता परिपूर्ति हुने गरी जनगणना सम्पन्न गराउन सभामुख सापकोटाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २७ शनिबार १२:३o:oo

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय आवश्यक्तालाई परिपूर्ति हुने गरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्। सभामुख सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्त्वपूर्ण विषय भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रिय आवश्यक्ता परिपूर्ति हुने गरी सफलतापूर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट संकल्प गर्नुपर्ने आवश्यक्ता औँल्याए ।

शनिबार केन्द्रीय तथ्यांक विभागका पदाधिकारीसँग आफ्नो र परिवारको विवरण संकलन गराउँदै उनले सही तथ्यांक संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकहरूलाई अनुरोध गरे। उनले भने, ‘मैले भनिहालेँ– यो हाम्रो नेपाल राष्ट्रको यति जनसंख्या छ भनेर निकाल्ने कुरा मात्रै होइन। मैले अघि नै भनेँ– यो सुशासनको लागि, समृद्धि, विकास निर्माण तथा हरेक कुराहरूका लागि चाहिँ धेरै महत्त्वपूर्ण छ।’

गत कात्तिक २५ गतेदेखि सुरु भएको राष्ट्रिय जनगणना २०७८’ मंसीर ९ गते सम्पन्न हुनेछ। ‘मेरो गणना ः मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनाका लागि देशभर ४० हजार गणक र आठ हजार पाँच सय सुपरीवेक्षक परिचालन गरिएको छ ।