१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १७:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सहिद स्मारक ‘ए’ डिभिजन लिगको  टिकट मूल्य निर्धारण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:o४:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ। आगामी मंसिर ३ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रतिव्यक्ति रु १०० तथा भिआइपीतर्फ रु ५०० निर्धारण गरिएको छ। एन्फाद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव इन्द्रमान तुलाधरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। 

लिगको उद्घाटन खेल आगामी मंसिर ३ गते नवप्रवेशी सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ। महासचिव तुलाधरले दर्शकको उपस्थितिलाई ध्यानमा राख्दै फ्लड लाइटमा पनि खेल खेलाइने जानकारी दिए। लिग निर्देशक सञ्जीव मिश्रले सामूहिक रूपमा क्लब राजी भए केही खेल पोखरामा पनि गर्ने तयारी भइरहेको बताए।

लिगमा १४ टोलीको सहभागिता रहनेछ। त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ क्लब, मच्छिन्द्र क्लब, संकटा क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, सातदोबाटो क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, एनआरटी क्लब, फ्रेन्ड्स क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।  अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन्। लिग विजेता टोलीले रु ७५ लाख र उपविजेताले रु ५० लाख पुरस्कार प्राप्त गर्नेछ।  

ad
ad