१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २६ शुक्रबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २६ शुक्रबार १२:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समाजवादतर्फ इमानदार कम्युनिस्टहरू ढिलोचाँडो पुरानै घरमा फर्कन्छन् : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २६ शुक्रबार १२:१५:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट टुक्रिएर गएकाहरू सबै मिल्ने सम्भावना रहेको बताएका छन्। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

उनले माओवादीबाट टुक्रिएर गएका नेताहरूसँग आफ्नो संवाद भइरहेको बताउँदै मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव, डा. बाबुराम भट्टराईलगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने औँल्याए। आराम र रमाइलो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने बताउँदै उनले समाजवादतर्फ इमानदार हुने कम्युनिस्टहरू ढिलोचाँडो पुरानै घरमा फर्किएर आउने बताए।

‘म यो मञ्चबाट ढिलोछिटो विप्लवजी पनि आउनुहुन्छ भनेर विश्वास पनि व्यक्त गर्न चाहन्छु। अलग बसेर होइन, हामी सबै एक ठाउँमा केन्द्रित भएर मात्रै नेपाली क्रान्तिलाई अझ मौलिक तरिकाले नयाँ अध्ययन अनुसन्धान गरेर, नयाँ रणनीतिसहित अगाडि लान सकिन्छ। कुनै रोमान्सजस्तो गरीकन लैजान सकिँदैन,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसकारण मलाई विश्वास छ अहिले कुराकानी पनि चलिरहेको छ, किरणजीहरू, बाबुरामजीहरू, विप्लवजीहरू र अरू समाजवादी आन्दोलनप्रति, समाजवादी क्रान्तिप्रति इमानदार हुने सबै कम्युनिस्टहरू फेरि एकपटक एकताबद्ध हुनैपर्छ।’