मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २४ बुधबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २४ बुधबार १२:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै हो : प्रधानमन्त्री देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २४ बुधबार १२:१५:oo

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको वास्तविक  मालिक जनता भएको बताएका छन्। गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताभन्दा ठूलो शक्ति नभएको बताए। 

कार्यक्रममा उनले राणाविरुद्ध उभिएका गणेशमान सिंहको योगदानको चर्चा गरेका थिए। कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रमा निष्पक्ष चुनाव महत्त्वपूर्ण भएको बताए। ‘निष्पक्ष चुनाव महत्त्वपूर्ण कुरा हो। निर्वाचन आयोग कसैको प्रभाव पर्दैन । आवधिक निर्वाचन जनउत्तरदायी सरकारले गर्छ । प्रजातन्त्रको खिलाफमा केही हुन सक्दैन,’ उनले भने।  

अर्को प्रसंगमा सभापति देउवाले संविधानको अन्तिम व्याख्या अदालतले गर्ने बताए। ‘कति चित्त बुझ्छ कति चित्त बुझ्दैन। तर, अदालतको आदेश स्विकार्नैपर्छ,’ देउवाले भने। त्यस्तै, उनले पेट्रोलियम पदार्थबाट संसारले मुक्ति पाउनुपर्छ भन्ने  विषयमा ग्लास्गो सम्मेलनमा आफूले कुरा उठाएको जानकारी दिए। 

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकाले यसको रक्षाका लागि सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो । ‘भनेको प्रजातन्त्रको खिलाफमा मान्छेहरू सल्बलाउन थालेका छन्, विचार गर्नुपर्छ। प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै हो,’ उनले भने, ‘समावेशी संविधान जोगाउनुपर्छ।’