मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २३ मंगलबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २३ मंगलबार १६:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोतीपुर घटनाका मृतकका परिवारलाई राहत दिने सरकारको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २३ मंगलबार १६:o५:oo

सरकारले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेस गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि बताए। 

उनले कुस्मामा चार सय केबी सबस्टेसन र जुम्ला सबस्टेसनका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने, नेपाल कृषि तथा वन सेवा समूह समूहीकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने, कीर्तिपुर नगरपालिका र चीनको वाई प्रोभिन्सस्थित हु ह्याङ सहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिने निर्णय भएको पनि बताए। प्रवक्ता कार्कीले लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को जेनेभामा सञ्चालन हुने स्पेसल सेसन अफ द वर्ल्ड हेल्थ एसेम्ली, डब्ल्युएचए ७४(१६) कार्यक्रममा सहभागी हुन स्वीकृति दिने निर्णयसमेत गरेको छ।