
रसुवागढीको बाढीमा बेपत्ता भएकाहरूको उद्धारमा खटिएका सशस्त्र प्रहरीका एक कर्मचारी भिरबाट लडेर घाइते भएका छन् । उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
नं.२० गुल्मबाट रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३, लिङलिङमा उद्धारका लागि खटिएका सशस्त्र प्रहरी सहायक हवल्दार विशाल थापा भिरको बाटो हिँड्ने क्रममा अचानक १० मिटर तल खोँचमा खसेका थिए। टाउको र घुँडामा चोट लागी घाइते भएका उनको नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याई सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।