
सुनकोशी नदीको किनारमाथि उभिएको रिट्ठेगाउँ मकैखेती र रोप्नलाई तयार पारिएको धानको ब्याडले मनमोहक देखिन्छ। कतै भर्खरै रोपिएका खेतहरूले गाउँको जीवन्ततामा रंग थप्छन्, मानौँ, तिनले धर्तीको काखमा हरियालीको कथा कोर्छन्।
बिहानको शान्त प्रहरमा बादलसँग लुकामारी खेल्दै कुहिरोले अँगाल्दा पहाडको काखमा रहेको रिट्ठेगाउँ शान्त र सौम्य देखिन्छ।
काठमाडौंबाट लगभग ७० किलोमिटर दूरीमा अवस्थित काभ्रे भुम्लु गाउँपालिकामा अवस्थित गाउँ अरनिको राजमार्ग हुँदै पुग्न सकिन्छ। उक्त राजमार्गबाट करिब तीन किलोमिटर कच्ची बाटोको यात्रापछि यो रिट्ठेगाउँ पुगिन्छ।
हेर्नुस् तस्बिरहरू :