
तीन वर्षअघिको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग र अन्तर्घात गरेको अभियोगमा कांग्रेसले डेढ दर्जन नेता कार्यकतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा पूर्वप्रदेश मन्त्री समेत छन् ।
गण्डकी प्रदेशका पूर्वमन्त्री तथा कास्कीका महासमिति सदस्य कुमार खड्कालाई एक वर्षका लागि निष्काशन गरेको छ । उनी अखण्ड नेपाल पार्टीबाट कांग्रेसमा प्रवेश गरी अघिल्लो चुनावमा प्रदेश मन्त्री भएका थिए । लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल पनि कारबाहीमा परेका छन् । खोटाङका सभापति विष्णुकुमार राई, तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, पर्सा १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरिएको छ । कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएको छ ।