दाङमा एक फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कर्तव्य ज्यान मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले ०६६ वैशाख २७ गते फैसला गरे पनि हालसम्म फरार रहेका राप्ती गाउँपालिका– ३ वसन्तपुरनिवासी ६४ वर्षीय जग्गु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
२० वर्ष कैद फैसला सुनाएका चौधरीलाई कपिलवस्तुको वाणगंगा नगरपालिका– २ लखनपुरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए। पक्राउ परेका उनलाई आज अदालतमा बुझाइएको छ।