१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २३ मंगलबार
  • Wednesday, 03 July, 2024
२o७८ कार्तिक २३ मंगलबार o९:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

त्रिवेणी कप फुटबल प्रतियोगिता पुसमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २३ मंगलबार o९:१३:oo

गत वर्ष कोरोनाका कारण स्थगित भएको त्रिवेणी कप फुटबल प्रतियोगिता आगामी पुस महिनामा हुने भएको छ । बेंसीसहरस्थित त्रिवेणी युवा क्लबले सहजी रंगशालामा २९औँ त्रिवेणी कप फुटवल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । 

पुस १२ गतेदेखि त्रिवेणी कप फुटबल प्रतियोगिता सञ्चालन गरिने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङले बताए । नयाँ कार्यसमितिको तेस्रो बैठकले त्रिवेणी कप फुटबल प्रतियोगितालाई निरन्तरता दिने निर्णय गर्दै खेल सञ्चालनका लागि अध्यक्ष विनोद गुरुङको संयोजकत्वमा २३ सदस्यीय मूल आयोजक समितिसमेत गठन गरिएको छ। 

जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतीयोगिता सञ्चालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष  गुरुङले बताए । 

त्रिवेणी कपको पहिलो संस्करणमा पहिलो हुने समूहलाई नगद तीन लाख, दोस्रो हुने समूहले नगद एक लाख ५० हजार, सेमिफाइनल उपविजेता दुई समूहलाई नगद ५०–५० हजार प्रदान गरिनेछ ।  सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५–१५ हजार, स्वर्णपदक र प्रमाणपत्रसमेत प्रदान गरिनेछ । 
 

ad
ad
ad
ad