१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बुधबारदेखि पाटनमा कात्तिक नाच सुरु हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:o४:oo

ललितपुरको पाटनस्थित कात्तिक डबलीमा बुधबारदेखि ऐतिहासिक कार्तिक नाच देखाइने भएको छ। तिहारलगत्तै सुरु हुने यो नाचको तयारी पूरा भइसकेको छ। यो पाटनको ऐतिहासिक नाच मानिन्छ। बर्सेनि फरकफरक नाच देखाइने यो नाचका क्रममा यस वर्ष पनि विभिन्न कलाकारहरूले पौराणिक तथा भगवानको कथामा आधारित नाच मञ्चन गर्नेछन्। कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले मंसिर १ गतेसम्म देखाइने नाचको तयारी पूरा भएको बताए। उनका अनुसार यो नाच तीन सय ७६ वर्ष पुरानो संस्कृति हो। 

समितिले युवा पुस्तालाई कलाकार बनाई नाच संरक्षणमा लागिपरेको छ। राजा देशमा बिघ्नबाधा नआओस्, शान्ति–सुव्यवस्था कायम होस् भन्ने हेतुले राजा सिद्धिनरसिंहले यो नाच सुरु गरेको पाइन्छ। साथै यो नाचलाई अल्छी जनता जगाउने र नाचका रूपमा पनि लिइन्छ। तत्कालीन समयमा ललितपुरका बासिन्दा जोसजाँगरहीन भएपछि राजा सिद्धिनरसिंह मल्लले ज्योतिषीसँग सल्लाह लिँदा राज्यमा ‘मघाह’ दोष परेको बताएपछि उक्त दोष कटाउन यो नाच सुरु गरिएको ऐतिहासिक कथन छ। 

त्यतिवेला राजाले दोष निवारण गर्न ज्योतिषले सुझाएअनुसार नरबली दिएको इतिहास छ। राजाले नरबलि दिएपछि ललितपुरवासी जोसिला भएको किंबदन्ती छ। नरबलि दिन चलन अनुचित ठहर गर्दै सिद्धिनरसिंहले  मुकुट र हिरण्यपात्र बनाई कात्तिक नाच सुरु गरेका थिए। यो नाच सन्ध्याकालीन समयमा देखाउने परम्परा छ। साँझ ५ बजेपछि नाच सुरु हुनेछ।
 

ad
ad