घरमा आगलागीपछि ग्यास सिलिन्डर पड्किँदा ललितपुरमा चारको मृत्यु

शुक्रबार, १९ कार्तिक, २०७८
डिजिटल संस्करण

ललितपुरको पाटनस्थित एक घरमा आगलागीपछि ग्यास सिलिन्डर पड्किँदा चारको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाति निर्जल छन् । 

दुईजना गम्भीर घाइते भएका छन् । उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ म्हः पूजा गर्ने क्रममा आगलागी भएको स्थानीयले बताएका छन् । 

चारतले पुरानो घरको तेस्रो तलामा बालेको दियो पर्दामा सल्किएर आगलागी भएको हो । आगो फैलिएर चौथो तलास्थित भान्सामा रहेको ग्यास सिलिन्डर पड्किएको थियो ।

सुझावित समाचार