मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १४ आइतबार
  • Wednesday, 18 December, 2024
रासस मनाङ
२o७८ कार्तिक १४ आइतबार १७:१३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायांकन सकियो

Read Time : < 1 मिनेट
रासस मनाङ
नयाँ पत्रिका मनाङ
२o७८ कार्तिक १४ आइतबार १७:१३:oo

बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायांकन सकिएको छ। नेपालमा २५ दिनको छायांकन सकेर बलिउड फिल्म ‘उचाइ’ले नेपालको छायांकन तालिका सकाएको हो। 

दुई दिन काठमाडौं र बाँकी समय हिमाली जिल्लामा छायांकन भएको फिल्मले २८ अक्टोबरमा नेपाल सेड्युल पूरा गरेको हो। खोटाङको नाम्चेदेखि मनाङका विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्रको शुक्रबार पहिलो तालिकाअन्तर्गतको छायांकन सकिएको छ भने दोस्रो भारतका विभिन्न स्थानमा हुने राजश्री प्रोडक्सनले जनाएको छ।

उक्त प्रोडक्सनले निर्माण गरेको चलचित्रको छायांकन नेपालमा ४ अक्टोबरबाट सुरु भएको थियो। काठमाडौंमा ह्यात होटल र एयरपोर्टमा केही दृश्य खिचेर टोली नाम्चे लागेको थियो। सुरज बाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकार नेपाल आएर छायांकन गरिएको थियो।

चलचित्रमा अमिताभ बच्चन भए तापनि स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर छायांकन गरिएको छ। चलचित्रका निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौं फर्किसकेका छन्। चलचित्रको मुख्य टोली शनिबार एयर इन्डियाको विमानमार्फत भारत फर्किएको छ।