१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विद्युतीय सवारीको प्रवर्द्धन गर्नुपर्नेमा ऊर्जामन्त्रीको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:५o:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनुपर्ने बताएकी छिन्।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित विद्युतीय सवारी र्‍यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झन्डै दुई अर्ब रुपैयाँ र खाना पकाउने एलपी ग्यासको आयातमा ४० अर्ब रुपैयाँ खर्च भइरहेको उल्लेख गरिन्। बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युत्काे उपयोग बढाउनुको विकल्प नरहेको उनको भनाइ थियो । 

उनले उद्योग, यातायात र घरायसी प्रयोजनमा विद्युत्काे खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने धारणा राखिन्। मन्त्री भुसालले विद्युतीय सवारीसाधनको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न विद्युतीय सवारीको प्रयोगलाई बढाउनुपर्ने बताइएन् । रासस

ad
ad