मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक १२ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १२ शुक्रबार ११:१८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मध्य भोटेकोसीको आइपिओ बाँडफाँड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १२ शुक्रबार ११:१८:oo

मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँड गरेको छ। कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज शुक्रबार आइपिओ बाँडफाँड गरिएको हो।

कम्पनीले निष्कासन  गरेको आइपिओमा कुल २३ लाख ९० हजार दुई सय १८ ले आवेदन दिएका थिए। आवेदन दिएकामध्य ९५ हजार सात सय २२ को आवेदन रद्द भएको र बाँकी २२ लाख ९४ हजार चार सय ९६ योग्य आवेदकमध्ये आठ लाख १९ हजारलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

कम्पनीले गत असोज २० गतेदेखि २५ गतेसम्म कुल ९० करोड रुपैयाँबराबरको सय रुपैयाँ अंकित मूल्यका ९० लाख कित्ता सेयर निष्कासनमा ल्याएको थियो। बिक्री प्रबन्धकका अनुसार बिक्री खुला गरिएको कुल  ९० लाख कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई, पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको हो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी नदीमा कुल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत करिब १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रुपैयाँ र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार एक सय एक रुपैयाँ रहने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख छ। 

कम्पनीको धितोपत्र निष्कासन  तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सहनिष्कासन  तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल छन्। बाँडफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको बेवसाइट (मेरो सेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ। रासस