मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक ११ बिहीबार
  • Tuesday, 15 July, 2025
२o७८ कार्तिक ११ बिहीबार १८:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव बेचबिखनमा संलग्न नृत्य प्रशिक्षक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ११ बिहीबार १८:११:oo

मानव बेचबिखनमा संलग्न नृत्य प्रशिक्षक पक्राउ परेका छन्। चितवन भरतपुर महानगरपालिका– १० बस्ने ५० वर्षीय विश्वबन्धु घिमिरे पक्राउ परेका हुन्।

उनलाई भरतपुरबाट प्रहरीले पक्राउ गरेको हो। घिमिरेले नृत्य सिक्ने क्रममा चिनजान भएकी १९ वर्षीया किशोरीलाई गलौर पुर्‍याएका थिए। आफू कोरियोग्राफरको काम गर्ने तथा दुबईमा स्टेज साेमा महिनाको ४ लाखसम्म कमाई हुने प्रलोभन देखाएर ०७० फागुनमा बैंलाेर पुर्‍याई चिफ इन र सेनोरिता भन्ने रेस्टुरेन्टमा जबरजस्ती यौन व्यवसायमा लगाएका थिए।

किशोरीलाई बेचबिखन गरेर उनी गायब भएका थिए। किशोरीले आफन्तलाई जानकारी गराएपछि माइती नेपालको सहयोगमा ०७१ वैशाखमा उद्धार गरी नेपाल फिर्ता गरिएको थियो।

नेपाल आएपश्चात पीडितको जाहेरीका आधारमा प्रहरी प्रधानकार्यालय मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो।