मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक ११ बिहीबार
  • Friday, 28 August, 2026
२o७८ कार्तिक ११ बिहीबार १६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जन्मदर्तामा आफैँ हस्ताक्षर गर्ने जनप्रतिनिधिको अल्पज्ञानले नागरिकलाई सास्ती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ११ बिहीबार १६:५५:oo

जनप्रतिनिधिलाई आफ्नो क्षेत्राधिकारका विषयमा सामान्य जानकारी नहुँदा सर्वसाधारण नागरिकले दुःख पाउने गरेका छन्। रुकुम पश्चिमकाे आठबिसकोट नगरपालिका– ४ का वडासदस्यले जन्मदर्ताको प्रमाणपत्रमा आफैँ हस्ताक्षर गरेपछि डोल्पाका एक दम्पतीले महिनौँ दुःख पाएका छन्।

वडासदस्य एवं कार्यबाहक अध्यक्ष जयरुपे कामीले पञ्जिका अधिकारीले गर्नुपर्ने ठाउँमा आफैँले जन्मदर्ता प्रमाणपत्रमा हस्ताक्षर गरेर दिएपछि उक्त नगरपालिकाबाट बिहे गरेर डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– १ आएकी सुनिता विकले नेपाली नागरिकता लिन खोज्दा सास्ती खेप्नुपरेको हो। बिहेअघि नागरिकता नबनाएकी विकले आफ्ना श्रीमान् सन्देश कुलाललाई लिएर जन्मदर्ता प्रमाणपत्र लिन आफू जन्मेको ठाउँको वडा कार्यालयमा जाँदा वडा कार्यालयमा वडाध्यक्ष नभएपछि वडासदस्यले हस्ताक्षर गरेर जन्मदर्ताको प्रमाण दिए।

उक्त प्रमाणपत्रसहित अन्य कागजात मिलाएर नागरिकता लिन श्रीमानसहित जिल्ला प्रशासन कार्यालय डोल्पामा पुग्दा प्रशासनका कर्मचारीले जन्मदर्तामा जनप्रतिनिधिले हस्ताक्षर गर्न नमिल्ने भन्दै सीधै फर्काइदिएको विकले बताइन्। उनले भनिन्, ‘जन्मदर्तामा जनप्रतिनिधिले हस्ताक्षर गर्न मिल्दैन। त्यसकारण हामीले नागरिकता दिन सक्दैनौँ। तपाईंहरू पुनः वडासचिव अर्थात् पञ्जिका अधिकारीले हस्ताक्षर गरेको जन्मदर्ता प्रमाणपत्र लिएर आउनुस् भनेर फर्काइदिए।’ 

जन्मदर्ताको सिफारिसका लागि पुनः वडा कार्यालय जाँदा कार्यबाहक वडाध्यक्ष कामीले पुनः त्यही सिफारिसले नागरिकता बन्ने भन्दै फर्काइदिएपछि उनीहरू फेरि पहिलाकै प्रमाणपत्र लिएर अन्य कागजातसहित जिल्ला प्रशासन कार्यालय डोल्पामा पुगे। तर, प्रशासनले फेरि पनि फर्काइदियो। तर, प्रशासनले अघिल्लोपटक भनेजस्तै पञ्जिकाअधिकारीको हस्ताक्षर गरेको प्रमाणपत्र ल्याउन भन्दै पुनः फर्कायो ।

एउटा नागरिकता लिन महिनौँ दुःख पाएर पनि नागरिकता नबनेपछि मन खिन्न बनेर फर्किनुपरेपछि नागरिकताको प्रमाणपत्र लिन फेरि जाने सोच नभएको विकका श्रीमान् सन्देश कुलाले बताए। वडासदस्यका कारणले श्रीमतीको नागरिकता लिन धेरै दुःख पाएको उनको गुनासो छ। ‘जनप्रतिनिधिसँग थोरै ज्ञान पनि नहुँदा धेरै दुःख पाइयो, समय पनि खर्च भयो, पैसा पनि खर्च भयो, तर नागरिकता बनेन,’ उनले भने। अब नागरिकता बनाउने सोच नै हराएको पनि उनले बताए ।