Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ११ बिहीबार १४:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभामा दलित आयोगको प्रतिवेदन पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ११ बिहीबार १४:४२:००

प्रतिनिधिसभामा राष्ट्रिय दलित आयोगको आव ०७७/७८ को वार्षिक प्रतिवेदन पेस भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्र बडूले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई नै तोकिएको व्यहोराको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए।

एमाले सांसदले अवरोध कायमै राखेपछि १० वा सोभन्दा बढी बैठकमा निरन्तर अनुपस्थित सांसदहरूको अनुपस्थितिको सूचना स्वीकृत गरेर बैठक सकिएको छ। प्रतिनिधिसभाको अर्को बैठक कात्तिक २९ गते १ बजे बस्नेछ।