मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक ११ बिहीबार १०:४२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एएफसी यू– २३ एसियन कप :  नेपाल र ताजकिस्तान प्रतिस्पर्धा गर्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक ११ बिहीबार १०:४२:००

एएफसी यू– २३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछ । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समयअनुसार ७:४५ हुनेछ ।

छनोटअन्तर्गत पहिलो खेलम बलियो टोली इरानविरुद्ध ४–० ले पराजित भएको नेपाल आज घरेलु टिमविरुद्ध मैदान उत्रँदा पहिलो अंकको खोजीमा हुनेछ । हारबाट प्रतियोगिताको सुरुवात गरेको नेपाल अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

समूह ‘बी’अन्तर्गत आफ्नो पहिलो खेलमा ताजकिस्तानले लेबनानमाथि जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । सोही लयलाई ताजकिस्तान निरन्तरता दिन चाहन्छ । यस समूहमा तीन अंक जोडेको इरान शीर्ष र ताजकिस्तान तीन अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ ।

छनोटअन्तर्गत नेपालले अन्तिम खेलमा लेबनानसँग आगामी आइतबार खेल्ने तालिका छ । ११ समूहका शीर्ष टोलीसहित उत्कृष्ट चार उपविजेता टोलीले एएफसी यू– २३ एसियन कप खेल्नेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन महिनामा आयोजना हुने तालिका रहेको छ ।