मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १० बुधबार
  • Wednesday, 09 July, 2025
२o७८ कार्तिक १० बुधबार १८:१३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रोजगारीको प्रक्रिया पूरा गरेको २० महिनापछि कोरिया उड्दा…

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १० बुधबार १८:१३:oo

रोजगारीका लागि प्रक्रिया पूरा गरेको २० महिनापछि ४८ जना कामदार दक्षिण कोरिया जान पाएका छन्। भाषा परीक्षा तथा कोरिया जानको लागि प्रक्रिया पूरा गरेर बसेका केहीलाई मात्रै पहिलो चरणमा सरकारले पठाएको हो। बुधबार श्रम तथा वैदेशिक रोजगार मन्त्रालयका कर्मचारीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेका छन्। इपिएस भाषा तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका कामदारहरूलाई कम्पनीको मागअनुसार वैदेशिक रोजगार मन्त्रालयले पालैपालो पठाउनेछ। अन्य १० हजारजना कामदार भाषा परीक्षा उत्तीर्ण गरी उडानको पखाइमा रहेका छन्।