१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

शिक्षामन्त्री भन्छन्– व्यक्तिगत स्वार्थकेन्द्रित राजनीतिक दबाब अस्वीकार्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:३३:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ठूल्डूला व्यक्तिहरूको व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दबाबहरू आफूमाथि आउने गरेको खुलासा गरेका छन्। मन्त्री पौडेलले माथिल्लो तहबाट वेलावेलामा बोलाउने गरेको र जाँदाखेरी शैक्षिक प्रणाली सुधार्ने भन्दा पनि ठूलठूला व्यक्तिहरूको व्यक्तिगत चाहना सम्बोधन गराउने गरी दबाब आउने गरेको बताएका हुन्। 

सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरूसँग बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको सामूहिक भेटमा उनले आफूले ती राजनीतिक दबाबहरूलाई पदमा रहन्जेल प्राथमिकता नदिने प्रतिबद्धता व्यक्त गरे । 

पौडेलले आफ्नो पहिलो पहलकदमी सार्वजनिक शिक्षाको सुधारमा केन्द्रित हुने योजना पनि सार्वजनिक गरे । उनले निजी क्षेत्रको नियमन गर्ने र प्राविधिक शिक्षालाई परिणाममुखी बनाउनसमेत आफू लागिपर्ने बताए । उनले भने, ‘पोलिटिकल प्रेसर पनि शिक्षा प्रणाली सुधार्ने भन्दा ठूल्ठूला वरिष्ठ व्यक्ति र व्यक्तित्वहरूको चाहना बढी भएको आउँछ । बोलायो, दौडँदै गयो । केही कुरा भन्नु हुन्छ कि भन्यो, चाहना अर्कै छ । तर, मैले तपाईंहरूलाई के प्रतिबद्धता व्यक्त गर्दछु भने ती म यो पदमा रहुन्जेल प्राथमिकताका विषय हुँदैनन् । अहिले मेरो प्राथमिकताको विषय भनेको सार्वजनिक शिक्षालाई सुधार गर्ने, अगाडि बढाउने । निजी क्षेत्रको बारेमा सरकारले नै पोलिसी ल्याएको हुनाले निजी क्षेत्रलाई पनि नियमन गर्ने र सँगै लिएर जाने । उसलाई नीति दिने, नियमन गर्ने ।’

मन्त्री पौडेलले, ‘राष्ट्रपति शैक्षिक कार्यक्रम’ र ‘पढ्दैः पढाउँदै कार्यक्रम’ तत्काल अघि बढाउने गरी तयारी भइरहेको र त्यसमा आवश्यक सुझाब दिन विद्यार्थी संगठनका नेताहरूलाई आग्रह गरे । 

छलफलमा नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले निजी क्षेत्रले जथाभावी शुल्क विद्यार्थीहरूबाट असुली रहेको उल्लेख गर्दै तत्काल नियन्त्रण गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गराए । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सार्वजनिक क्षेत्रको शैक्षिक सुधारको कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिन आग्रह गरिन् । 

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटाैँका सूर्य पौडेललगायतका विद्यार्थी नेता भेटमा सहभागी थिए ।

ad
ad