१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ९ मंगलबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ९ मंगलबार १२:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश र न्यायाधीशहरूको भेट सकियो, पुन: छलफलमा जुटे न्यायाधीशहरू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ९ मंगलबार १२:३o:oo

सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर उनको च्याम्बरबाट बाहिरिएका छन्। सर्वोच्चका १५ न्यायाधीश छलफलपछि जबरालाई भेट्न पुगेका थिए। प्रधानन्यायाधीशलाई भेटेर बाहिरिएपछि न्यायाधीशहरू पुन: छलफलमा जुटेका छन्। 

सर्वोच्चका १५ जना न्यायाधीशले प्रधानन्यायाधीश जबरलाई भेटेर मार्ग प्रसस्त गर्न भनेका हुन्। प्रधानन्यायाधीशलाई भेट्ने १५ न्यायाधीशरमा दीपककुमार कार्की, सुष्मालता माथेमा, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरि प्रसाद फुयाल, वमकुमार श्रेष्ठ, कुमार रेग्मी, डा. आनन्दमोहन भट्टराई, प्रकाशशमान सिंह राउत,टंकबहादुर मोक्तान, मनोजकुमार शर्मा, प्रकाश कुमार ढंगाना, कुमार चुडाल र नहकुल सुवेदी छन्।

प्रधानन्यायाधीश जबरा विवादमा मुछिएपछि उनले निकास दिनुपर्ने निष्कर्षमा न्यायाधीशहरू पुगेका छन्। नेपाल बार र सर्वोच्च बार पनि जबराले निकास दिनुपर्ने निष्कर्षमा छन्। नेपाल बारले आज औपचारिक धारणा सार्वजनिक गर्दै छ। चारजना पूर्वप्रधानन्यायाधीशले पनि जबराले मार्गप्रशस्त गर्नुपर्ने बताइसकेका छन्। 


 

ad
ad
ad
ad