मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ८ सोमबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ८ सोमबार २o:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय युवा परिषद् छोटो समयमै आशा र भरोसाको केन्द्र बन्यो : माधव ढुंगेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ८ सोमबार २o:२७:oo

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट माधवप्रसाद ढुंगेलले राष्ट्रिय युवा परिषद् छोटो समयमै आशा र भरोसाको केन्द्र बनेको दाबी गरेका छन् । परिषद्मा सोमबार आयोजित बिदाइ कार्यक्रममा ढुंगेलले छोटो समयमै परिषद् नेपाली युवाको सरोकारको पहिलो निकाय तथा आशा र भरोसाको केन्द्र बनेको दाबी गरेका हुन् । 

आगामी दिनमा पनि युवालाई सीप र रोजगारसँग जोडेर स्वदेशमा नै स्वरोजगारको सिर्जना गर्नेतर्फ परिषद् केन्द्रित रहने आशा रहेको उनले बताए । 

करिब पाँच वर्ष परिषद्को उपाध्यक्षमा रहेका ढुंगेलको नयाँ सरकार परिवर्तन भएसँगै बिदाइ गरिएको हो । गत १ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगेललाई परिषदबाट हटाउने निर्णय गरेको थियो । ढुंगेल परिषद्को स्थापनाकालदेखि नै उपाध्यक्ष थिए । 

सरकारले पहिलोपटक ढुंगेललाई ०७२ फागुन १९ गते पहिलो ४ वर्षे कार्यकाल पूरा गरी पुनः दोस्रो कार्यकालका लागि ०७७ जेष्ठ १६ गते नियुक्ति गरेको थियो । 

ढुंगेलको कार्यकालमा परिषद्ले सहुलितपूर्ण कर्र्जा र विनाधितो विनाब्याज ऋण प्रवाह, नमुना युवा संसद् अभ्यास कार्यक्रम, युवा क्लब संजाल निर्माण र एक शिक्षणसंस्था एक उद्यम कार्यक्रमको थालनी गरेको जनाएको छ । 

परिषद् पछिल्लो पाँच वर्षमा विभिन्न विधामा युवा प्रतिभा पहिचान र प्रोत्साहन, युवामैत्री स्थानीय शासन कार्यक्रमको थालनी, युवाहरूलाई सकारात्मक सोच, लागुपदार्थ दुव्र्यसनविरुद्धको सचेतना, उद्यमशीलता र रोजगार, कानुनी साक्षरता र साइबर अपराधलगायतका विषयमा मागमा आधारित निःशुल्क परामर्श सेवा प्रदान गर्दै आएको छ ।

परिषद्ले विज्ञानका क्षेत्रमा अनुसन्धान गर्ने युवा विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने र व्यावसायिक सीप विकासको आधारभूत तालिम प्रदान गर्नेजस्ता विभिन्न कार्यक्रम गर्दै आएको छ ।