१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ८ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौंं
२o७८ कार्तिक ८ सोमबार o५:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

२७ अंक बढ्यो नेप्से, कारोबार पौने तीन अर्ब मात्रै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंं
नयाँ पत्रिका
२o७८ कार्तिक ८ सोमबार o५:५८:oo

आइतबार नेप्से परिसूचक २७ अंकले बढे पनि कारोबार रकम भने उत्साहप्रद देखिएन । पछिल्लो समय नेप्से घटेसँगै सेयर खरिद–बिक्रीमा कमी आइरहेको छ । केही आशा गरेका कम्पनीहरूबाट लगानीकर्ता सन्तुष्ट हुन सकेका  छैनन् । तर, केही कम्पनीहरूबाट आकर्षक लाभांश पाउने आसमा अझै लगानीकर्ताहरू छन् । सोहीकारण, सेयर बेचिहाल्ने मनस्थितिमा लगानीकर्ता देखिँदैनन् ।

राष्ट्र बैंकले बैंकहरूले दिएको निक्षेपको ब्याजदरमा कैँची लगाइदिएपछि आइतबार सेयर बजार सकारात्मक बनेको छ । बढेको बजारमा नाफा बुक गर्ने प्रतिस्पर्धाले सेयर खरिद–बिक्रीमा कमी आएको हो । अबको बजार कता जान्छ भनेर मूल्यांकन गर्न अझै केही दिनको कारोबारलाई हेर्नुपर्ने लगानीकर्ताहरू बताउँछन् । केही दिन बजार सकारात्मक भएमा नाफा बुक गर्ने प्रतिस्पर्धा कम हुनेछ । यसले सेयर खरिद–बिक्रीमा पनि सुधार आउने र बजारको गति पनि स्पष्ट हुने केही ठूला लगानीकर्ताहरू बताउँछन् । 

आइतबार कारोबारमा आएका दुई सय २५ कम्पनीको ५८ लाख कित्ता/इकाइ सेयर खरिद भएको छ । यसबाट दुई अर्ब ७७ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा आइसिएफसी फाइनान्स कम्पनी रहेको छ । कम्पनीको सो दिन १५ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रोमा एनआइसी एसिया बैंक रहेको छ । बैंकको सो दिन नौ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । अरुणभ्याली हाइड्रोपावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, नबिल बैंक, अपी पावर कम्पनी, सिद्धार्थ बैंक लिमिटेडको, रिडी हाइड्रोपावर कम्पनीको आठ करोडदेखि ६ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

साताको पहिलो कारोबार दिन नेप्से सूचक २७ दशमलव ५१ अंकले बढेर २५ सय ८४ दशमलव ५२ बिन्दुुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स सात दशमलव २४ अंकले बढेर चार सय ९० दशमलव ६८ बिन्दुुमा पुगेर बन्द भएको छ । 

बढेको बजारमा दुई कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । बेस्ट फाइनान्स कम्पनी, रिडी हाइड्रोपावर कम्पनीको १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । बरुण हाइड्रोपावर कम्पनी, रिलायन्स फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, मानुषी लघुवित्त वित्तीय संस्थाको आठ प्रतिशत बढेर  लगानीकर्ताहरूले नाफा आर्जन गर्न सफल भएका छन् । त्यस्तै, मेरो माइक्रो फाइनान्सको १० प्रतिशतले घटेको छ भने सानिमा बैंक, रुरु जलविद्युत् परियोजनाको तीन प्रतिशतले गिरावट आएको छ ।

ad
ad
ad
ad