१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ओली भन्छन्- मन्त्रिपरिषद् विस्तार गर्न तीन महिना लाग्ने सरकारबाट केही अपेक्षा छैन, चुनाव जितेर देखाउन प्रचण्ड र नेपाललाई चुनौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:o१:oo

एमाले अध्यक्ष केपी ओलीले मन्त्रिपरिषद् विस्तार गर्न तीन महिना लगाउने गठबन्धनबाट केही आस गर्न नसकिने बताएका छन् । आइतबार झापाको बिर्तामोडमा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले यो सरकारबाट कुनै आस नराख्न आग्रहसमेत गरे । 

‘यो सरकारबाट के अपेक्षा गर्ने ? तीन महिनामा २५ जना मन्त्री बनाएको एकजना त तीन दिनमा गए,’ ओलीले भने । उनले आउँदो निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई जितेर देखाउन चुनौती दिए ।

उनले प्रचण्ड र नेपालले एमालेका कारण संसदमा फुर्ती देखाएको आरोप लगाए । ‘माधव नेपाल र प्रचण्डले एमालेका कारण संसदमा फुर्ती देखाइरहेका छन् । आउने चुनावमा जितेर देखाउन्,’ उनले भने, ‘अब आउँदो चुनावमा एमालेले जित्छ । देश बनाउँछ ।’ 

एमालेले इर्ष्याको भावले काम नगर्ने दाबी गरे । अहिलेको सरकारले इर्ष्याको भावले काम गरिरहेको उनको आरोप थियो । ‘हामीले कर्मचारी प्रशासनमा लामो अनुभव भएकालाई राजदूत बनाएका थियौँ, अन्य नियुक्ति गरेका थियौँ । सचिव हुँदै मुख्य सचिव भएकालाई राजदूत बनाएका थियौँ । तर, यो सरकारले फिर्ता बोलायो,’ उनले भने, ‘उहाँहरू पार्टीको केही हैन । राम्रो भएकाले बनाएका थियौँ । उनीहरूले एमालेले नियुक्ति गरेकै कारण फिर्ता बोलाए । हामी इर्ष्या राखेर काम गर्दैनौँ ।’ 

जनताको अदेशबाट सकार बनाउँछु भन्दा प्रतिगमन भन्नेले दक्षिणपन्थी सरकार बनाएको दाबी गरे । ओलीले जनताले आउँदो निर्वाचनमा भोट माग्न जाँदा सत्ता गठबन्धनलाई परमादेश माग्ने अदालत जानू भन्ने दाबी गरे ।

ओलीले नेकपा (एस)मा रहेको माधव नेपालबाहेकका नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आग्रह गरे । तर, माधव नेपाललाई भने एमालेमा कुनै स्थान नभएको बताए ।

ad
ad