मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ७ आइतबार
  • Monday, 16 December, 2024
२o७८ कार्तिक ७ आइतबार १८:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको फुलकोर्ट बैठकमा १४ न्यायाधीश सहभागी नहुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ७ आइतबार १८:o५:oo

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारका लागि बोलाएको फुलकोर्ट बैठकमा १४ न्यायाधीश सहभागी नहुने भएका छन्। एजेन्डाबारे छलफलै नगरी प्रधानन्यायाधीशले बैठक आह्वान गरेपछि न्यायाधीशहरू सहभागी नहुने निर्णय गरेको एक न्यायाधीशले नयाँ पत्रिकालाई जानकारी दिए। 

‘छलफबाट भोलिको फुलकोर्ट बैठकमा सहभागी नहुने भन्ने निर्णय भएको छ। ‘न्यायालय प्रमुखले यसको रेस्पोन्सिबिलिटी लिनुपर्छ। बैठकमा रिफर्म मात्रको एजेन्डा राखेर फुलकोर्टको मिटिङ राखिएकाले न्यायाधीशहरूबीच त्यतिले मात्र पुग्दैन भन्ने निर्णय भयो,’ ती न्यायाधीशले भने, ‘लगभग सबै न्यायाधीशहरू प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने मुडमा हुनुहुन्छ।’

उनका अनुसार भोलि ११ बजे फेरि बैठक बसेर यसबारे थप निर्णय गरिनेछ। बैठकमा १४ जना उपस्थित थिए। त्यसबाहेक ४ जना काठमाडौंबाहिर र १ जना न्यायाधीश मुलुकबाहिर रहेकाले एकमतले निर्णय हुन नसके पनि प्राय सबै न्यायाधीश प्रधानन्यायाधीशको बहिर्गमनको पक्षमा रहेको उनले दाबी गरे। ‘उपस्थित हुन नसक्नुभएका श्रीमानहरूमध्ये ४ जना काठमाडौंबाहिर र १ जना मुलुकबाहिर भएकोले उपस्थित नभए पनि उहाँहरूसमेत यसकै पक्षमा रहेकाले लगभग सबैको सर्वसम्मत निर्णय हो यो।’