मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक ७ आइतबार
  • Friday, 11 July, 2025
२o७८ कार्तिक ७ आइतबार १६:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगर– २१ मा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ७ आइतबार १६:१४:oo

 काठमाडौं महानगरपालिकाले वडा २१ यगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । वडा भवन निर्माण सम्पन्न नहुञ्जेलसम्मका लागि यंगाल क्लबको भवनमा क्लिनिक सञ्चालनमा ल्याइएको हो।

आइतबार क्लिनिक शुभारम्भ गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले स्वास्थ्य र शिक्षामा महानगरले लगानी बढाएको बताए । उनले भने, ‘सहज स्वास्थ्य सेवाको पहुँच वडावडामा पुग्नुपर्छ, हामीले महानगरवासीको मात्र उपचार गरेर हुँदैन, देश–विदेशबाट काठमाडौं आउने सबैको उपचार गरिदिनुपर्छ, महानगरले सञ्चालन गरेका क्लिनिकमा सेवाग्राहीको आकर्षण बढाउन सकियो भने ठूला अस्पतालमा सामान्य समस्याका बिरामीको चाप घट्छ ।’ यसले गर्दा ठूला अस्पतालहरूमा जटिल रोगको उपचारमा सहज हुने उनको भनाइ छ । उनले स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएर कोभिड, डेंगुलगायत महामारीसँग जुध्न सजिलो हुने बताए ।

सामुदायिक सहरी स्वास्थ्य क्लिनिकको आकर्षण बढाएर सेवाग्राहीको संख्या बढाउँदै लैजाने मेयर शाक्यले जानकारी दिए । वडाध्यक्ष उदयचूडामणि बज्राचार्यले, सरकारले जनताका लागि व्यवस्था गरेका सेवा वडाबाटै पाउने वातावरण तयार भएको बताए। त्यस्तै, क्लिनिक इन्चार्ज लक्ष्मण अधिकारीले क्लिनिक सञ्चालनमा आएपछि सेवा व्यवस्थापनमा सहज भएको जानकारी दिए । हाल महानगरका ३२ वटै वडामा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक छन्।

यसका अतिरिक्त वडा १२ र १४ मा थप एक–एकवटा क्लिनिक सञ्चालन भइरहेका छन्। रामघाट प्राथमिक स्वास्थ्य केन्द्र नेपाल सरकारले महानगरलाई नीतिगत रूपमा हस्तान्तरण गरिसकेको छ । यस्तै, टेकुमा एउटा अकुपञ्चर सेवा पनि छ । महानगरले एक वडा एक सामुदायिक सहरी क्लिनिकको नीति बनाएर सबै वडामा क्लिनिक स्थापना गरेको हो । यसको पछिल्लो क्रममा वडा २, ९, ११, २०, २१, २२ र ३० गरी सातवटामा स्थापना गरिएको छ।