१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ६ शनिबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ६ शनिबार १७:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१०बुँदे भन्ने साथीहरूको बिजोग छ : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ६ शनिबार १७:o५:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीहरूसँग सहकार्य गरेर निर्वाचनमा जाने बताएका छन् । शनिबार सिन्धु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपालले आगामी निर्वाचनमा केपी ओली गुटलाई समाप्त पार्ने दाबी गरे। 

उनले एकीकृत समाजवादी भिन्न प्रवृत्तिको पार्टी हुने बताए। नेपालले १०बुँदे सहमति गरेर एमालेमै बस्नेको बिजोग भएको टिप्पणी गरे। १०बुँदे कार्यान्वयन गर भन्नेहरूलाई ओलीले हेप्न थालेको बताए। १०बुँदे भन्ने साथीहरूको हरिबिजोग भएको भन्दै उनले पार्टीमा कुनै मर्यादा र सम्मान नपाएको बताए। बागमती र प्रदेश १ मा छिट्टै सरकार ढल्ने उनले बताए। बागमतीमा राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार बन्ने उनले बताए।

प्रदेश १ मा यही हप्ता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार बन्ने उनले बताए। सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल र एमाले चौथो दल भएको उनले बताए। केपी ओलीले ठूला गफ दिने गरेको बताउँदै उनले गिनिज बुकमा नाम लेखाउने प्रसंग कोट्याए।