Skip This
विश्व च्याम्पियनसिपमा चार नेपाली खेलाडी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार o७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विश्व च्याम्पियनसिपमा चार नेपाली खेलाडी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o७:३२:oo

नेपालका चारजना बक्सिङ खेलाडीले सर्बियाको बेलग्रेडमा हुने आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउँदै छन् । २५ अक्टोबरदेखि ६ नोभेम्बरसम्म बेलग्रेडमा २१औँ विश्व बक्सिङ च्याम्पियनसिप हुँदै छ । नेपालबाट ४८ केजी तौल समूहमा रविन थापा, ५७ केजी तौल समूहमा पुरन राई, ६३.५ केजी तौल समूहमा भूपेन्द्र थापा र ६७ केजी तौल समूहमा सनिल साहीले विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । 

सहभागीमध्ये भूपेन्द्र थापा र सनिल साही सन् २०१९ मा काठमाडौंमै सम्पन्न १३औँ दक्षिण एसियाली प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाएका खेलाडी हुन् । २१औँ विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी भएका खेलाडी नेपाल बक्सिङ संघले गठन गरेको छनोट समितिको प्रतिवेदनअनुसार छनोट गरिएको हो । प्रतियोगितामा विश्वका एक सय पाँच राष्ट्रका ६ सय ५० खेलाडीले विभिन्न १३ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको प्रत्येक तौल समूहका स्वर्ण पदकले एक लाख डलर प्राप्त गर्नेछन् । यसैगरी, रजत पदक विजेताले ५० हजार डलर र कांस्य पदक जित्ने दुईजनाले जनही २५ हजार डलर प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको नेतृत्वसहित प्रशिक्षणमा मुख्य प्रशिक्षक प्रकाश थापामगर र प्रशिक्षक किशोर लिम्बू, अफिसियलमा संघका सदस्य मानबहादुर भण्डारी र प्रनिर अधिकारी सहभागी हुनेछन् । यसैबीच शुक्रबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच विश्व च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडीको बिदाइ गरेका छन् । 

ad
ad