१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंक र आगन्तुक  रिसोर्टबीच छुट सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:४७:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बनेपाको आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका मोबाइल बैंकिङ ग्राहक, डेबिट–क्रेडिट कार्डवाहक तथा कर्मचारीले आगन्तुक रिसोर्ट प्रालिको विभिन्न सेवामा छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ । 

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरूका लागि समेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्फत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको जनाइएको छ ।

मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत गरेको बैंकले उल्लेख गरेको छ । बैंकले देशभरमा एक सय ८३ शाखा, एक सय २१ एटिएम र एक सय ११ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad