मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २ मंगलबार
  • Friday, 11 July, 2025
एजेन्सी मुम्बई
२o७८ कार्तिक २ मंगलबार ११:२१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘ओ माई गड–२’ मा पुनः रामको भूमिकामा देखिने अरुण गोविल

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
नयाँ पत्रिका मुम्बई
२o७८ कार्तिक २ मंगलबार ११:२१:oo

बलिउड कलाकार अरुण गोविल पुनः रामको रूपमा दर्शक माझ आउने भएका छन्। ओ माई गड फिल्मको सिक्वेलमा उनी रामको रूपमा देखिने पक्का भएका हुन्। यसअघि सन् १९८७ मा रामानन्द सागरले निर्माण गरेका टिभी सिरियल रामायणमा गोविलले भगवान् रामको भूमिका निर्वाह गरेका थिए।

रामायणको कथामा आधारित भई बनाइएका विभिन्न टिभी सिरियलहरूमध्ये गोविलले निर्वाह गरेको चरित्रलाई दर्शकहरूले धेरै नै मन पराएका थिए। उनलाई निर्माताद्वय अक्षय कुमार र अश्विन वर्दे स्वयंले चयन गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

फिल्ममा गोविलसहित अक्षय कुमार, पंकज त्रिपाठी, यामी गौतमलगायतले अभिनय गर्नेछन् भने निर्देशन अमित रायले गर्नेछन्। ओ माई गडको कथा धार्मिक कट्टरता र अन्धविश्वासमा आधारित थियो। त्यसको सिक्वेलका रूपमा बन्न लागेको नयाँ फिल्म भारतीय शिक्षा प्रणालीका विषयमा केन्द्रित हुनेछ।