१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एएफसी यू– २३ खेल्न नेपाली टोली भोलि ताजकिस्तान जाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:४७:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी यू– २३ एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली भोलि ताजकिस्तान प्रस्थान गर्दै छ। सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ।

उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना छनोट खेलका लागि राष्ट्रिय टोलीमा अटाएका मनीष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बालगोपाल महर्जनले २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका छन्।

फिफा वरीयतामा नेपालभन्दा माथि रहेका टोलीसँग नेपालले छनोट खेल्दै छ। टोलीमा अहिले युवा खेलाडीको बाहुल्य रहेको छ भने केही राष्ट्रिय टोलीबाट अनुभव लिएका खेलाडी पनि समावेश भएका छन्। यसै कारण प्रशिक्षक बालगोपाल महर्जनले छोटो तयारीका बाबजुत नेपाली टोली बलिया टोलीसँग राम्रो नतिजाका लागि खेल्ने बताए।

छनोटअन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ। नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान समावेश छन्। ताजकिस्तानमा हुने छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ। नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ। यस्तै दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा अन्तिम खेल लेवनानसँग अक्टोबर ३१ मा खेल्नेछ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू– २३ एसियन कप खेल्ने मौका पाउनेछन्। यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू– २३ एसियन कपमा छनोट हुनेछन्। उज्वेकिस्तानमा नै हुने प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुने तालिका रहेको छ।

ad
ad