मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
२०७८ कार्तिक १ सोमबार १२:५९:००
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

मलेसियामा एक नेपालीको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १ सोमबार १२:५९:००

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनञ्जय जोशी रहेका छन्।

रक्तक्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए। जोशीलाई दुई दिनअघि मात्रै रक्तक्यान्सर रहेको पुष्टि भएको थियो। मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्। रासस