Skip This
सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ जना घाइते
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ३१ आइतबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका सिन्धुपाल्चोक
२o७८ असोज ३१ आइतबार १७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७८ असोज ३१ आइतबार १७:oo:oo

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौं जाँदै गरेको बा २ ख ३२६४ नम्बरको बस लामोसाँघु–जिरी सडक खण्डको ६ किलोनजिकै दुर्घटना भएको छ। बसमा सवार ३५ यात्रु घाइते भएका प्रहरीले जनाएको छ।

सहचालकसहित चारजनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ। बसको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।