१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका किमाथाङ्का
२o८१ बैशाख २४ सोमबार १६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, किमाथाङ्का
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:१३:oo

संखुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए।

आइतबार बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्रयाक्टर तीनजुरेमा दुर्घटना हुँदा  दाहालको घटनास्थलमै मृत्यु भएको प्रमुख खत्रीले बताए। ट्रयाक्टर सडकबाट ३०० मिटर तल खसेको थियो। दुर्घटना भएको ट्रयाक्टरको नम्बर भने खुलेको छैन। घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।

ad
ad