साफ च्याम्पियनसिप फुटबलअन्तर्गत भारतविरुद्धको फाइनलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेल गुमाउने भएका छन्। शनिबार बेलुका माल्दिभ्समा हुने फाइनल खेलमा मुख्य प्रशिक्षक अल्मुताइरी ‘डगआउट’मा बस्न नपाउने भएका हुन्।
दुईवटा पहेँलो कार्ड पाएका कारण उनले ‘डगआउट’मा बस्न नपाउने जानकारी दिइएको छ।