मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ३० शनिबार
  • Saturday, 12 July, 2025
२o७८ असोज ३० शनिबार o७:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतको तटीय क्षेत्रको न्यूनचापीय र पश्चिमी वायुको संयुक्त प्रभाव नेपालमा, वर्षाको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ३० शनिबार o७:४३:oo

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार आगामी तीन दिनको मौसम विश्लेषण गर्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध हो।

भारतको आन्द्र प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा वर्षा हुने अनुमान गरिएको छ। हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ।