१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २८ बिहीबार
  • Tuesday, 08 July, 2025
२o७८ असोज २८ बिहीबार १३:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडकमै ट्यांकर पार्किङ गरिँदा दुर्घटनाको जोखिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २८ बिहीबार १३:३४:oo

 निर्माणाधीन मोहना–अत्तरिया सडकको चटकपुर क्षेत्रमा ट्यांकरहरूले जोखिम बढाएका छन् । ६ लेन सडकको चटकपुर क्षेत्रमा लस्करै पार्किङमा राखिएका ट्यांकरहरूले दुर्घटनाको जोखिम बढाएका हुन् ।

सडक छेउमै रहेको नेपाल आयल निगमको कार्यालयका पेट्रोलियम पदार्थ ढुवानीका लागि हाल ८७ ट्यांकर छन् । तर, पार्किङका लागि स्थल नहुँदा २४ देखि ४८ घण्टासम्म ती ट्यांकर सडक छेउमा पार्किङमा राखिँदै आएका छन्। यसले सवारी दुर्घटना र आगलागीको जोखिम बढाएको आयल निगम सुदूरपश्चिम डिपोका प्रमुख रामकुमार न्यौपानेले बताए। ८७ वटा ट्यांकरले पेट्रोलियम पदार्थ बोक्ने गरे पनि पार्किङ स्थलको अभावमा सडकमै राखिएको उनले बताए ।

उनले भने, ‘पहिला जनघनत्वहरू कम थियो, बिस्तारै बढ्न थालेपछि हामीले यस डिपोको सेवा सुविधा पनि बिस्तार गर्याे। अहिले ८७ वटा ट्यांकरले तेल ढुवानी गरिरहेका छन्। तर, पार्किङस्थलको व्यवस्था हुन सकेको छैन, जसकारण सडकमै ट्यांकर होल्डिङ गरिरहनुपरेको छ। २४ घण्टा, ४८ घण्टा वा त्योभन्दा पनि बढी होल्डिङ गर्छन्, जसले सवारीसाधनको आवतजावतलाई असर परेको छ। यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ।’

६ लेन सडकमा भइरहेको अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम निकै बढाएको छ । गत साउनयता मात्रै १४ दुर्घटनामा १ जनाको मृत्यु र १२ जना घाइते भएका छन्। निर्माणाधीन अवस्थाकै ६ लेन सडकमा  हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन्।