वैदेशिक रोजगारीमा जान बाध्य युवाको कथा समेटिएको 'बस है पियारी' बोलको गीत सार्वजनिक भएको छ। नेत्र गुरुङको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा मोडल सोफी धरेल, आकाश दहाल, शिरीष सापकोटा(बाल कलाकार)लगायतले अभिनय गरेका छन्।
गीतमा सन्तोष बस्यालको स्वर तथा आकाश दाहालको शब्द रचना रहेको छ भने विनोद रसाइलीले एरेन्ज गरेका छन्।