मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २६ मंगलबार
  • Saturday, 12 July, 2025
२o७८ असोज २६ मंगलबार १७:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँ मनाउन कैदीबन्दीलाई खसी उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २६ मंगलबार १७:४९:oo

बन्दीजीवन बिताइरहेका लमजुङ कारागारका कैदीबन्दीलाई खसी उपहार दिइएको छ। कैदीबन्दीले पनि दसैँ हर्षाेल्लासका साथ मनाउन् भन्ने उद्देश्यले नेपाल बार एसोसिएसन लमजुङ बार इकाइले खसी प्रदान गरेको हो।

मंगलबार लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारीलगायत बारका पदाधिकारीले कारागारका नाइके नवीन गुरुङलाई खसी हस्तान्तण गरेका हुन्। अधिकारीले कैदीबन्दीलाई दसैँको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए। उनले आफूप्रति हीनताबोधको सोचाइ अन्त्य गरी कारागारपछिको जीवन एक उदाहरणीय रूपमा बिताउन कैदीबन्दीलाई सुझाब दिए।

आमनागरिकजस्तै दसैँ हर्षाेल्लासका साथ मनाउन् भन्ने मानवीय सोचका साथ बारले १८ हजार मूल्यबराबरको खसी कैदीबन्दीलाई प्रदान गरेको कारागारका जेलर जगदीश मिश्रले जानकारी दिए। हाल कारागारमा दुई नाबालकबाहेक एक सय चारजना कैदीबन्दी रहेका छन्। तीमध्ये १० जना महिला र ९४ जना पुरुष रहेका छन्।