मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २६ मंगलबार ०७:२९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँअघि देखिएन सेयर बजारमा चमक, कारोबार रकम तीन अर्ब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २६ मंगलबार ०७:२९:००

दसैँअघि सेयर बजार घटेर बन्द हुन पुगेको छ । यसअघि लामो करेक्सन खेप्दै केही सुधारात्मक गतिमा रहेको नेप्से घटेर बन्द भएको हो । 

चाडपर्वले लगानीकर्ताको ध्यान पनि बजारकेन्द्रित हुन सकेको छैन । अर्कोतर्फ लगानीकर्ता नाफा बुक गर्नतिर पनि लागेको देखिन्छ । साना लगानीकर्ता आत्तिएर सेयर बिक्री गर्नतर्फ पनि लागेका देखिन्छन् । 

बैंकमा हुने तरलता र खर्चको जोहो यतिवेलै गर्नुपर्नेलगायत विविध कारणबीच पनि पुँजी बजार सुस्ताउन पुगेको लगानीकर्ताको बुझाइ छ । दसैँपछि बजारले केही सुधार लिने एक लगानीकर्ता बताउँछन् । करेक्सनको पाटो सकिएको छ, दसैँपछि लगानीकर्ता मनोवैज्ञानिक रूपमा पनि बलियो हुने सम्भावना रहेको ती लगानीकर्ताको दाबी छ ।

सोमबार नेप्से सूचक २३ दशमलव १९ अंकले घटेर दुई हजार ६ सय ३९ दशमलव ३८ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स पाँच दशमलव ५६ अंकले घटेर चार सय ९४ दशमलव २२ बिन्दुमा पुगेको छ ।

सोमबार कारोबारमा आएका १३ वटै समूहमध्ये ११ समूहको सूचकमा गिरावट आएको छ भने लगानीगत र म्युचुअल फन्ड सामान्य हरियो बनेको छ । माइक्रो फाइनान्स, वाणिज्य बैंक, विकास बैंकमा सो दिन गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै सेयर खरिद–बिक्रीमा पनि कमी आएको छ । 

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १९ कम्पनीको ९३ लाख १४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक, हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंकको सो दिन सर्वाधिक सबैभन्दा धेरै कारोबार भएको छ । यी कम्पनीहरूको १७ करोडदेखि १० करोड रुपैयाँसम्म कारोबार भएको छ ।

यस दिन महालक्ष्मी विकास बैंक, रैराङ हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स कम्पनी, माउन्टेन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सिभिल लघुवित्त, वित्तीय संस्था, सिंगटी हाइड्रोपावर कम्पनीको ८ देखि ४ प्रतिशतले घटेको छ । त्यस्तै, घलेम्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा गिरावट आएको छ । घटेको बजारमा ग्लोबल आइएमई समुन्नत स्किम, सानिमा लाइफ इस्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कुमारी इक्विटी फन्डको सेयर रहेका छन् ।