मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २५ सोमबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २५ सोमबार १६:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभापतिको हैकम र मनोमानीले पार्टी लथालिंग अवस्थामा पुग्यो : शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २५ सोमबार १६:३६:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुटको राजनीतिका कारण कांग्रेस पार्टी लथालिंग भएको बताएका छन् । सभापतिको हैकम र मनोमानीले पार्टीको विधानसमेत धुजा-धुजा पारेर च्यात्ने काम भएको उनको आरोप छ । ‘विधानको कुन धारा कति वेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसबुक हेरेर थाहा पाउनुपर्ने अवस्था छ। जिल्लापिच्छे फरक फरक नियम बनाएर अधिवेशन गरिएको छ । नेतृत्वमा बसेकाहरू जसरी पनि पार्टी कब्जाको अभियानमा छन्,’ कोइरालाले भने।

कांग्रेसको इतिहासमा आजसम्म प्रहरीको धेराबन्दीमा अधिवेशन भएको कसैलाई थाहा नभएको बताउँदै कोइरालाले सभापतिकै जिल्लामा सुरक्षाकर्मी लगाएर अधिवेशन गरिनु खेदजनक भएको बताए ।

सुन्दरहरैँचा नगर मोरङकाे नव निर्वाचित कार्यसमितिको पदस्थापन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमतो र साँठगाँठले लोकतन्त्र खतरामा परेको बताए । कोइरालाले लोकतन्त्रको लागि लडेको पार्टी सभापतिले नै शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु अत्यन्तै दुःखद भएको बताए ।