मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज २५ सोमबार १३:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निष्ठाको राजनीति हराउँदै गयो : वरिष्ठ नेता पौडेल

Read Time : < 1 मिनेट
२०७८ असोज २५ सोमबार १३:०६:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निष्ठा र इमानदार व्यक्तिका हातमा नेतृत्व आउनुपर्ने बताएका छन्। कांग्रेस भरतपुर महानगरपालिका– १० ले आज सोमबार चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पछिल्ला समय निष्ठाको राजनीति हराउँदै गएकाेमा चिन्ता व्यक्त गरे।

उनले भने, ‘म सबै इमानदार साथीलाई एक ठाउँमा उभिन आग्रह गर्दछु। जनताको मन जितेर राजनीति गर्नुपर्छ।’ पार्टीको तलदेखि माथिसम्म निष्ठा र इमानदार व्यक्तिले नेतृत्व गरेर  नयाँ स्वरूप दिनुपर्नेमा उनको जोड थियो।