मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २४ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २४ आइतबार १३:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २४ आइतबार १३:५८:oo

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताएका छन्। आइतबार आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प अरू केही हुनै नसक्ने बताएका हुन्।

देशमा अरू धेरै कुरा गर्न बाँकी रहेको बताउँदै उनले पूर्ण रूपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको उल्लेख गरे। 

‘हाम्रो देशमा अरू धेरै कुराहरू गर्न बाँकी छ,अझै पूर्ण रूपमा संघीयता कार्यान्वयन गर्न बाँकी छ, छिटो–छरितो विकासका कामहरू अघि बढाउनु छ। यहाँ केही कुरा आएका छन्। जनताको नाम सबैले लिन्छन्, जनता यो हो, जनता ऊ हो भन्छन्। जनताले भोटबाट देखाइहाल्छन् नि। प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरू कोही हुँदैन। एउटा कुरा सबैले सुने हुन्छ– प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक कोही हुन सक्दैन। कसैले अरू दुई किसिमको सपना नदेखे हुन्छ। हामी सबै पार्टी प्रजातन्त्रका लागि लडेरै आएका हौँ। त्यसैले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरू हुन सक्दैन,’ देउवाले भने।

प्रधानमन्त्री देउवाले नेपाल कोरोना महामारीको नियन्त्रण गर्न सफल बनिरहेको भन्दै विदेशबाट समेत प्रशंसा आइरहेको बताए।