१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २४ आइतबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २४ आइतबार १३:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कमलाको हत्यामा संलग्न तीन अभियुक्त पक्राउ, अन्धविश्वासमा परी हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २४ आइतबार १३:२४:oo

ललितपुरको सुनाकोठी बस्दै आएकी कमला तामाङको हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ घर भई ललितपुर हरिसिद्धि बस्दै आएका २३ वर्षीय सविन प्रजा, मोरङ पथरी शनिश्चरे घर भई हरिसिद्धि बस्ने २० वर्षीय सुमन मगर र मकवानपुर राक्सिराङ घर भई हरिसिद्धि बस्ने १८ वर्षे प्रविना प्रजा माझी रहेका छन्।
 
उनीहरूले मानिसले पासो लगाई मरेको डोरी, राम, लक्ष्मण र हनुमान भएको पुराना सिक्का, पैसा, दाहिने शंख, चट्याङ परेको ढुंगालगायतका वस्तुहरू महत्वपूर्ण हुने र करोडौँ रुपैयाँमा बिक्री हुने अन्धविश्वासमा परेर तामाङलाई डोरीले कसेर हत्या गरेका थिए। उनीहरूले भदौ २५ गते हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तामाङ बस्ने टहरामा बसी खानपिन तथा मापसे गरेपछि राति सुत्ने वेलामा हात बाँधेर घाँटीमा डोरीले कसी हत्या गरेका थिए।

हत्यापछि मृतकको कानमा लगाएको गहना र मोबाइलसमेत उनीहरूले लुटेर भागेको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए। घटनामा संलग्न तीनैजना महानगरीय प्रहरी वृत्त चापागाउँको हिरासतमा छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । 

तामाङको घाँटीमा डोरीले कसेर हत्या भएको यसअघि पोस्टमार्टम रिपोर्टले देखाएको थियो। मृतक महिला चापागाउँमा ज्याला मजदुरी गर्थिन्। उनका श्रीमानले कान्छी श्रीमती ल्याएपछि उनी एक्लै बस्दै आएकी थिइन्।

ad
ad
ad
ad